• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कसरी सफल भयो सिंगापुर ? किन भएन नेपाल ?


    Avatar photo
बुधबार, असार २६, २०८१ मा प्रकाशित

काठमाडौं- सन् १८१९ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारले सिंगापुरमा आफ्नो उपनिवेश बनायो र व्यापारिक बन्दरगाहको रूपमा मान्यता दियो। सिंगापुर माछा मार्ने गाउँबाट क्रमशः व्यापार केन्द्रमा परिणत हुन थाल्यो। दोस्रो विश्‍वयुद्धका क्रममा जापानले सिंगापुर कब्जा गर्‍यो। सन् १९४२ देखि ४५ सम्म जापानको अधिनमा रहे पनि सिंगापुर पुनः अंग्रेजकै नियन्त्रणमा पुग्यो। त्यसपछि सन् १९५९ मा इस्ट इन्डिया कम्पनीबाट स्वतन्त्र भएपछि सिंगापुर मलेसियाको एक भागको रूपमा रह्यो र सन् १९६५ मा अलग्गै स्वतन्त्र राष्‍ट्र बन्यो।

Advertisement

बेरोजगारी समस्याका बीच सिंगापुरले आधुनिकीकरण कार्यक्रम शुरु गर्‍यो, जसमा उसले आफ्नो देशमा उद्योग स्थापना, आवास निर्माण र शिक्षा सुधारमा ध्यान केन्द्रित गर्‍यो। सन् १९९० मा आइपुग्दा सिंगापुर एसियाकै दोस्रो धेरै प्रतिव्यक्ति आय भएको देशको सूचीमा पर्‍यो।

कुनै बेला तेस्रो मुलुक अर्थात् थर्ड वर्ल्डको गरिब राष्‍ट्र भनेर पश्‍चिमाहरूले हेला गरेको सिंगापुर अहिले विश्‍वको सबैभन्दा राम्रो शिक्षा, स्वास्थ्य भएको देश बनेको छ। त्यसैले त नेपालका केही नेताहरूले राजनीतिक भाषण गर्दा ‘नेपाललाई सिंगापुरजस्तो बनाइदिन्छु’ भन्‍न भ्याउँछन् र उपचारका लागि आफू पनि त्यतै जान्छन्।

सिंगापुरले सन् १९६१ मा आर्थिक विकास बोर्ड गठन गरेको थियो। उसले सोही समयमा उद्योगको स्थापनाका लागि विदेशी लगानीलाई आकर्षण गर्‍यो। सन् १९७० को दशकमा सिंगापुर विश्‍वकै सबैभन्दा धेरै तेल प्रशोधन गर्ने तेस्रो देश बन्यो। सन् १९६१ मा आगलागीमा परी १६ हजार व्यक्ति घरबारविहीन भएका थिए। यस्तोमा आवास विकास बोर्ड गठन गरेर सबैको पुनर्बास गरायो। सन् १९८० सम्ममा सिंगापुरले बेरोजगारी समस्या ३ प्रतिशतमा झारेको थियो।

सिंगापुरले सन् १९८१ मा चांगी एयरपोर्ट निर्माण गरेको थियो। सन् १९९९ मा आइपुग्दा सिंगापुरले कुल उत्पादनमा घरेलु उत्पादनलाई जोड दियो। सन् १९८१ मा स्थापना भएको सिंगापुर एयरलाइन्स अहिले विश्‍वकै उत्कृष्‍ट हवाई सेवा प्रदायकमध्येमा पर्छ। यस्तै, विश्‍वकै सबैभन्दा व्यस्त बन्दरगाह पनि सिंगापुर नै हो।

सन् १९९० मा सिंगापुरको राज्यसत्ता यस्तो व्यक्तिको हातमा पुग्यो, जसले सिंगापुरको अवस्थामै कायापलट गरिदियो। ३१ वर्ष सिंगापुरको शासन सत्ता सम्हालेर विश्‍वको धनी देश बनाउन सफल आधुनिक सिंगापुरको निर्माणकर्ता हुन्, ली क्‍वान यू।

के गरे ली क्‍वान यूले ?

ली क्‍वान यु ५ जुन १९५९ देखि २८ नोभेम्बर १९९० सम्म सिंगापुरको प्रधानमन्त्री रहे। सन् १९६१ मा छिमेकी मलायाले  सिंगापुरलाई मलेसियाको संघमा सामेल हुने प्रस्ताव गर्‍यो र उनले उक्त प्रस्ताव स्वीकार गरे। उनले १९६३ मा बेलायतबाट स्वतन्त्र बनाएर मलेसियासँगको संघमा राखे।

सन् १९६४ मा जातीय दंगा भयो। उक्त दंगामा परी कम्तीमा ३४ जना मारिए र ५६० जनाभन्दा बढी घाइते भए। जसको कारण मलेसियासँग राजनीतिक विवाद बढ्यो। मलेसियाका प्रधानमन्त्री टुंकु अब्दुल रहमानले सिंगापुरलाई महासंघबाट निष्‍कासन गरे।

मलेसियाबाट छुट्टिएको पीडाबीच ली क्‍वान यूले राष्‍ट्र निर्माणका आफ्नै आधार तय गरे। उनले उक्त विषय आफ्नो पुस्तक ‘फ्रम थर्ड वर्ल्ड टु फस्ट ः द सिंगापुर स्टोरी’मा लेखेका छन्।

सिंगापुरको जनसंख्याको संरचना अलि फरक थियो। जहाँ चिनियाँ, मले र इन्डियन थिए। चिनियाँहरू मूलतः दक्षिण चीनका आप्रवासीहरू थिए। उनीहरू मन्डारिन बोल्थे। मलेहरू मले बोल्थे। भारतीयहरू तमिल। यस्तै, चिनियाँहरू बुद्धिस्ट, मलेहरू मुस्लिम र इन्डियनहरू हिन्दू धर्म मान्थे। बेलायती उपनिवेशपछि क्रिस्चियनहरूको संख्या पनि बढेको थियो।

भू-राजनीतिक रूपमा पनि सिंगापुर उत्तिकै जोखिममा थियो। साम्प्रदायिक हिंसाका कारण महासंघबाट बाहिरिएकाले मलेसियाको सिंगापुरलाई हेर्ने दृष्‍टि नै फरक थियो। अझ सिंगापुरमा भएका मलेसँग पनि असन्तुष्‍टी थियो। त्यसकारण मलेसिया सिंगापुरलाई वास्ता गर्ने पक्षमा भन्दा झन् कमजोर बनाउन चाहन्थ्यो।

सिंगापुरमा सबैभन्दा धेरै चिनियाँ आप्रवासी रहेका कारण सिंगापुरको मामलामा चीनको विशेष रुचि थियो। अर्कोतर्फ बेलायती सेना सिंगापुर छोडेर गएकै थिएनन् भने इन्डोनेसिया पनि सिंगापुरको शत्रु नै थियो।

यही समयमा ली क्‍वान युले कूटनीतिक चाल चले। बेलायतसँग  तटस्थ सम्बन्ध राख्दै बेलायती सेना फिर्ता पठाए भने चीनसँग पनि तटस्थ नीति अवलम्बन गरे। इन्डोनेसियालाई फकाए भने इजरायलसँगको सहयोगमा सिंगापुर सेना निर्माण गरे। साथै, सबै देशबाट लगानी भित्र्याए।

लेखक डम्बर खतिवडाले अनलाइनमा लेखेका छन्, ‘उनले एउटा शक्तिलाई मात्र चिढ््याएको भए आजको सिंगापुर बन्‍ने थिएन। यदि उनी चीनसँग नजिकिन्थे भने हिन्दचीन क्षेत्रमा कम्युनिस्ट समूहलाई सहयोग गर्नुपर्ने हुन्थ्यो। बेलायतले हङकङझैं सिंगापुर कब्जा गरिदिन्थ्यो। मलेसियासँग नजिकिँदा सिंगापुरको बहुमत चिनियाँ जनसंख्या असन्तुष्‍ट हुन्थ्यो।’

‘भारत ठूलो भए पनि आफैं गरिब राष्‍ट्र थियो, त्यसैले सिंगापुरका लागि धेरै लगानी गर्न सक्दैनथ्यो। नेटोमा सामेल भएको भए सिंगापुरले भियतनाम युद्धमा पश्‍चिमाहरूलाई साथ दिनुपर्ने हुन्थ्यो। यी सब परिस्थितिबाट ली क्‍वान यू चातुर्यपूर्वक बाहिर निस्किए। उनले सैन्य मामिलामा तटस्थता र आर्थिक विकासका लागि धेरै टाढाको देश अमेरिका र नोर्डिक मुलुकबाट लगानी भित्र्याउने नीति लिए,’ खतिवडाले लेखेका छन्।

अहिले सिंगापुर मोडल विश्‍वमा प्रभावशाली बन्दै गएको छ। चीनले पनि देङ् सियाओ पिङको समयमा सिंगापुर मोडल अपनाएको प्राध्यापक डा. सञ्‍जय आचार्यले ‘सबल नेतृत्व र सिंगापुरको विकास’ शीर्षकको आलेखमा लेखेका छन्।

आचार्य लेख्छन्, ‘चीनमा अध्यक्ष माओको निधनसँगै सांस्कृतिक क्रान्तिको पनि अन्त्य भएपछि नेतृत्वमा पुगेका देङ सियाओ पिङले सिंगापुरका नेता लीको सहयोगमा चिनियाँ विकासको मोडेल बनाउने योजना बनाए। उनले सन् १९७८ मा सिंगापुरको भ्रमण गरे। लीसँगको छलफलमा अत्यन्त प्रभावकारी अनुभव भएपछि उनले आफ्नो सिंगापुर भ्रमणलाई लम्ब्याए। चीन फर्केपछि उनले शुरु गरेका आर्थिक सुधारका कतिपय कार्यक्रम सिंगापुरकै शैलीमा अघि बढाएका थिए।’

सिंगापुर अहिले कस्तो ?

सिंगापुर पछिल्लो १६ वर्षदेखि विश्‍वमा नै सबैभन्दा उपयुक्त लगानी गर्न सकिने देशको पहिलो नम्बरमा छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट बिजनेस इनभारनमेन्ट (ईआईयू)को पछिल्लो सर्वेक्षणले पनि सिंगापुरलाई यो सूचीमा राखेको हो। राजनीतिक स्थिरता र घरेलु उद्योगको विकासमा सरकारको सहयोगका कारण लगानीका लागि उत्कृष्‍ट रहेको उल्लेख गरेको छ।

सिंगापुरको अर्थतन्त्र सन् २०२४ को पहिलो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको छ। जसमा रसायन, इलेक्ट्रिकल, सफ्टवेयर, इलेक्ट्रोनिक्स, मेकानिकल, अप्टिकल र यातायात इन्जिनियरिङ समूहमा उत्पादन विस्तार भएको छ।

सिंगापुर दुनियाँको सबैभन्दा महँगो मात्र होइन, धनीहरूको देश पनि हो। त्यहाँका हरेक ६ मध्ये एकजना नागरिक करोडपति छन्। सन् २०२३ मा चीन, अमेरिका र मलेसिया सिंगापुरका शीर्ष व्यापारिक साझेदार थिए। यो सबै सिंगापुरको व्यापारबाट सम्भव भएको हो।

सिंगापुरले सन् २०२३ मा ५६७.३ बिलियन अमेरिकी डलरको सामान खरिद गरेर ६३८.४ बिलियनको बिक्री गरेको थियो। यस्तै, सन् २०२२ मा ६५५.४ अमेरिकी डलरको सामान खरिद गरेर ७१० बिलियन अमेरिकी डलरको बिक्री गरेको थियो।

सिंगापुरले नेता लीले लिएको रणनीतिलाई अहिलेसम्म छाडेको छैन। अन्य देश विश्‍व भू-राजनीतिको प्रभाव र शक्ति राष्‍ट्रको छाया बन्दा सिंगापुर आफ्नो व्यापारमा मस्त देखिन्छ।

सन् २०२३ मा सिंगापुरले सबैभन्दा धेरै चीनसँग १६७ बिलियन अमेरिकी डलरको कारोबार गरेको छ। दोस्रोमा अमेरिकासँग ११९.१ अमेरिकी डलरको कारोबार गरेको छ। तेस्रोमा १२३.६ बिलियन अमेरिकी डलरको कारोबार मलेसियासँग गर्दा १०५.३ बिलियन अमेरिकी डलर बराबरको कारोबार ईयूसँग गरेको छ। सिंगापुर शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, भौतिक पूर्वाधार, पर्यटन, हवाई उड्डयन जताततै सफल छ।

भू-राजनीति

सिंगापुर भौगोलिक रूपमा एसियाको केन्द्रमा छ। तर, भू-राजनीतिक प्रभावमा सिंगापुरको खासै चासो देखिँदैन। ऊ सबैसँग सुमधुर सम्बन्ध कायम राख्दै आफ्नो व्यापार फैलाउनेतर्फ लागेको देखिन्छ। नीति निर्माताहरू बहुराष्‍ट्रिय व्यवसायहरू र एनजीओहरू सरकारहरूको विश्‍वास कमाउन सफल छन्।

सिंगापुर सानो बजार आकारको छ भने जनसंख्या पनि ५० लाख मात्र छ। उसले २२ द्विपक्षीय र क्षेत्रीय सहज व्यापार सम्झौता गरेको छ र कार्यान्वयन पनि गरेको छ।

युरोपियन युनियन र सिंगापुरबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ। सिंगापुर डिजिटल व्यापारतर्फ मोडिएको छ। यसले पनि सिंगापुरको व्यापारमा थप सहयोग गर्ने विश्‍वास गरिन्छ।

नेपाल-सिंगापुर सम्बन्ध

नेपाल र सिंगापुरले २५ मार्च १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। नेपाल र सिंगापुरको सम्बन्धमा ली क्‍वान यूले आफ्नो पुस्तकमा प्रसंग उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सिंगापुरको स्वतन्त्रतापछि मले र चाइनिजहरूबीच दंगा भइरहन्थे। अविश्‍वासको वातावरण थियो। यस्तो बेला नेपालबाट भर्ना गरिएका ब्रिटिस गोर्खाहरूको तटस्थतामा विश्‍वास गर्न सकिन्थ्यो।’

नेपाल र सिंगापुरबीच विभिन्‍न समयमा विभिन्‍न सहयोग आदानप्रदान हुँदै आएको छ। कोरोना कहरका समयमा सिंगापुरले स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

व्यापारमा समेत सिंगापुरको प्रभाव नेपालमा छ। सिंगापुर बेभरेजेज नेपाल प्रालिले १ वर्षमा ६१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। सन् २०२३ मा कम्पनीले उक्त रकम बराबरको व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्न क्रेडिट रेटिङले जनाएको छ। यो सन् २०२२ को भन्दा २१.४९ प्रतिशतले धेरै हो। सन् २०२२ मा कम्पनीले ५० करोड ७० लाख र सन् २०२१ मा ४३ करोड ५० लाख व्यापार गरेको थियो।

सिंगापुर बेभरेजेज नेपालको मेचीनगर झापामा उत्पादन प्लान्ट छ। त्यसैले पनि सिंगापुरसँग नेपालको व्यापार घाटामा छ।

नेपालले सिंगापुरसँग धेरै विषय सिक्नुपर्ने विज्ञहरू बताउँछन्। सिंगापुरले राजनीतिक स्थायित्वकै कारण विकासमा छलाङ मार्‍यो भने नेपाल राजनीतिक अस्थिरताको चक्रमा पर्दा झन्-झन् कमजोर बन्दै गएको छ।

सिंगापुरबाट नेपालले विभिन्‍न क्षेत्रमा लगानी भित्र्याउनुका साथै सिंगापुरको सफलताबाट पाठ सिक्नुपर्ने विज्ञहरू सुझाउँछन्।

आर्थिक समृद्धिको गति समातेको सिंगापुरबाट नेपालले सिक्नुपर्ने पहिलो पाठ भनेकै मुलुकको नेतृत्वकर्ताको राज्यप्रतिको जिम्मेवारी हो।  एकजना नेताले चाह्यो भने मुलुकमा कसरी कायापलट हुन्छ भन्‍ने गतिलो उदाहरण हो, सिंगापुर।

सिंगापुरमा तीनजनाले सत्ताको बागडोर सम्हालेका छन् भने नेपालमा त्यसको हिसाब गर्नै समय लाग्छ। अझ नेपालमा त यहीबीचमा पटक-पटक व्यवस्था परिवर्तन भए तर अवस्था जस्ताको तस्तै छ।

सिंगापुरले चीन, अमेरिका, मलेसिया, रुसजस्ता मुलुकसँग बिलियनमा कारोबार गर्छ तर नेपाल कहिले कसको पक्ष, कहिले कसको पक्षमा जाँदा विकासको बाटो नै भुलेको छ। त्यसैले नेपालले चीन, भारत, अमेरिका जुन मुलुकसँग फाइदा हुन्छ, त्यतैको सहयोगबाट विकास गर्नुपर्ने पूर्व राजदूत डा. जयराज आचार्य बताउँछन्। नेपालले अहिले ऋण मागेर विकास गर्न सक्ने अवस्थामा नरहेकाले ठूला देशमा एकलाई अर्को देखाउँदै विकास गर्नुपर्ने बेला आएको डा. आचार्यको भनाइ छ।

नेपालले सिंगापुरसँग सिक्ने अर्को महत्त्वपूर्ण विषय हो, शिक्षा। नेपालको शिक्षा प्रणाली नै धरापमा परेको विश्लेषण भइरहँदा सिंगापुरको शिक्षा प्रणाली विश्‍वकै उत्कृष्‍ट छ। गणित, विज्ञान र ‘रिडिङ’ गरी मुख्य तीन वर्गमा दर्जनौं देशहरूमा गरिने १५ वर्षीय विद्यार्थीहरूको परीक्षण, ‘ओईसीडी’ को अन्तर्राष्‍ट्रिय छात्र मूल्यांकन (पीआईएसए) कार्यक्रममा सिंगापुर नै लगातार शीर्ष स्थानमा रहँदै आएको छ। तर, नेपालको अवस्था बर्सेनि बिग्रँदो छ।

नेपालले सिंगापुरबाट सिक्नुपर्ने अर्को विषय भनेको पर्यटन क्षेत्र हो। सिंगापुरले सन् २०२१ मा एकै वर्ष ३३ लाखभन्दा बढी पर्यटक भित्र्याउँदा नेपालले बल्लतल्ल डेढ लाख पर्यटक भित्र्याएको थियो। जब कि, त्यो समयमा कोरोना कहरका कारण विश्‍वकै पर्यटन उद्योग धरासायी बनेको थियो।

भूगोल र जनसंख्याका हिसाबले काठमाडौं जत्रो सिंगापुरले पर्यटनमा यत्रो उडान भर्दा नेपाल भने बामे मात्र सर्दै आएको छ। योसहित पछिल्लो समय उपचारका नाममा नेपाली राजनीतिक नेतृत्व सिंगापुर धाउने रोगजस्तै बनेको छ। यो सिंगापुर दौडबाट नेताहरूले केही सिक्लान् कि ?

बुधबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.