नयाँदिल्ली- मोटोपन अहिले विश्वव्यापी समस्या बनेको छ। विश्व स्वास्थ्य संगठनले त्यसलाई महामारी घोषणा गरेको छ। तथापि, मोटोपन घटाउन तीव्र गतिमा तौल कम गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन्।
दिल्लीकी सिनियर डाइटिसियन तथा ‘वान डाइट टुडे’की संस्थापक डा. अनु अग्रवालका अनुसार धेरै सातासम्म हरेक साता १ किलोभन्दा तौल घटाउनुलाई ‘र्यापिड वेट लस’ भनिन्छ। र, त्यो शरीरका लागि धेरै जोखिमपूर्ण हुन्छ।
त्यसरी तीव्र गतिमा तौल घटाउँदा मसल लस हुन्छ, गलस्टोन्सको समस्या देखिन्छ र न्युट्रिसनल डेफिसिएन्सी हुन सक्छ। त्यसका कारण मेटाबोलिजम पनि कमजोर हुन्छ।
कस्ता जोखिम
– मांशपेशी लस हुन सक्छन्
– मेटोबोलिजम सुस्त हुन सक्छ
– न्युट्रिसनल डेफिसिएन्सी हुन सक्छ
– रोग प्रतिरोधी प्रणाली कमजोर हुन सक्छ
– हड्डीहरू कमजोर हुन सक्छन्
– कपाल तीव्र गतिमा झर्न सक्छ
– गलस्टोन्सको समस्या हुन सक्छ
– अत्यधिक थकान महशुस हुन सक्छ
तौल घटाउन खाना खाँदै नखानुका असर
– भोक लाग्ने
– अत्यधिक थकान महशुस हुने
– चिडचिडापन देखिने
– शरीरमा चिसो लाग्ने
– मांशपेशीहरूमा ऐंठन
– रिंगटा लाग्ने
– कब्जियत देखिने
– डिहाइड्रेसन
स्वस्थ ढंगले यसरी घटाऊँ तौल
– सुगर र स्टार्चको सेवन कम गरौं
– खाना विस्तारै चपाएर खाऊँ
– पर्याप्त निद्रा र आराम लिऊँ
– वेट लिफ्टिङ र स्ट्रेन्थ तालिम गरौं
– नियमित शारीरिक अभ्यास गरौं
– कोल्ड ड्रिंक्सको सेवन कम गरौं
– प्रशोधन नगरिएका खानेकुरामा जोड दिऊँ
– प्रोटिनको सेवन बढाऊँ
– ग्रिन टी पिऊँ
– खानामा सोल्युबल फाइबरको मात्रा बढाऊँ
– लामो समयसम्म एकै ठाउँमा नबसौं
– फास्ट फुड र अस्ट्रा प्रोसेस्ड फुडबाट टाढा बसौं