काठमाडौँ । आगामी दिनमा स्वतन्त्र रुपमा बस्ने भन्दै नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवबाट राजीनामा दिएका प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । उनले दुई दिनअघि मात्रै माओवादी परित्याग गरेको जानकारी दिएका थिए ।
Advertisement
काठमाडौँमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा प्रवेश गराएका हुन् ।
उनी माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्षमा समेत रहँदै आएका थिए ।