काठमाडौं- रूपन्देही सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका-७ घर भएका ६७ वर्षीय राम आज्ञा केवट सोही फर्मको आफै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
दाङ शान्तिनगर गाउँपालिका-६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका-७ बस्ने ६५ वर्षीया गंगी कुवँर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएकोले ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले सोधपुछको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङ मेरिङदेन गाउँपालिका-३ दोभान बजार नजिक तमोर नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।