Advertisement
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावरसहितका संरचना निर्माणका लागि बजेट नछुट्याइने बताएकी छन्। अनावश्यक खर्च घटाउने योजनामा आफू रहेको उनले बताइन्।
आर्थिक वर्ष ०७९–८० का लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि सोमबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री झाँक्रीले नागरिकलाई लाभ हुने योजना छनोटमा जोड दिइन्।
एकीकृत पूर्वाधार मार्ग कोरिडोरसम्बन्धी ऐन र एकीकृत शहरी विकास योजनालाई समेटेर बजेट बनाउनुपर्नेमा झाँक्रीको जोड थियो। एकीकृत आवास योजनाका कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने उनले बताइन्। यस्तै, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायतका संवैधानिक अंगहरूका भवनहरू निर्माणका लागि बजेट व्यवस्था गर्नुपर्ने उनले बताइन्।