काठमाडौँ । सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ।
Advertisement
यस्तै, तेजावी सुनको मूल्य तोलामा ९८ हजार सात सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि प्रतितोलमा २५ रुपैयाँले घटेको महासंघले जनाएको छ। मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको छ।