काठमाडौं- काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ डुम्रेस्थित सडकमा बा.२३ प ६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ६३ वर्षीय हरि बहादुर उप्रेतीको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
कपिलवस्तु महाराजगंज नगरपालिका-२ गैडहवास्थित सडकमा बा.२ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट सोही बाटो हेर्ने सुपरभाईजर कपिलवस्तु नगरपालिका-४ दालपुर बस्ने ३५ वर्षीय बसन्त कुमार यादवको मंगलबार बिहान मृत्यु भएको छ । बाटो पिच गर्ने क्रममा उक्त रोलर मेशिनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । रोलर मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।