Advertisement
पूर्वमन्त्री पूर्वमन्त्री प्रेमबहादुर सिंह १६ वर्षपछि एमालेमै फर्केका छन्। उनले ०६२ सालमा एमाले परित्याग गरेर समाजवादी जनता पार्टी गठन गरेका थिए।
उनको पार्टी मंगलबार एमालेमा विलय भएको छ। सिंह र उनको पार्टीका नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे।
समारोहमा सिंहले आफू एक्लै एमालेबाट बाहिरिएको र अहिले आफ्ना सम्पूर्ण नेता–कार्यकर्तासहित आफ्नै घर फर्किएको बताए। ‘सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु,’ उनले भने।