काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ८०० ले बढेको हो।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० छ। यसको मूल्य सोमबार प्रतितोला ९९ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार ३९५ पुगेको महासंघले जनाएको छ।