Advertisement
पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
चार हजार ७५२ नमूना परीक्षणमा ४५ जनामा कोभिड–१९ पजिटिभ देखिएको हो। तीमध्ये दुई हजार ९७८ को पीसीआर र एक हजार ७७४ को एन्टिजेन परीक्षण गरिएको थियो।
यस अवधिमा १४७ जनामा संक्रमण निको भएको छ। हाल देशभर तीन हजार १३५ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा कोभिड–१९ विरुद्ध ५९ हजार ३७८ डोज खोप दिइएको छ।