काठमाडौं- रूकुम (पश्चिम) आठबिसकोट नगरपालिका-६ मनकाबगर भन्ने स्थानमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेर गएराति दुर्घटना हुँदा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका-३ बस्ने २६ वर्षीय निरज बिष्टको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा ट्रकमा सवार २ जनाको घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
बैतडी पाटन नगरपालिका-६ पाटनस्थित सडकमा से.१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार सूर्नया गाउँपालिका-३ बस्ने २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ पठाइएको छ भने ३ जना प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।