काठमाडौँ । सुनको मूल्य सोमबार तोलामा तीन सय रुपैयाँले बढेको छ। यो सँगै आज छापावाल सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको हो।
यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार सोही मूल्यमा कारोबार भएको हो।