Advertisement
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन्।
इलामको फिक्कलमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णयप्रति उनले विरोध जनाए।
हरियो रङ रुखजस्तो हुने र कांग्रेस लक्षित काम गरेको आरोप आयोगमाथि लगाउँदै उनले निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने दाबी पस्किए। ‘कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ?’ उनले प्रश्न गरे। एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी उनको थियो।
एमाले जनताको पार्टी भएको उनको दाबी थियो। एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको अर्को दाबी थियो।