प्रदेशमा
केन्द्रमा
विदेशमा
मन्त्री, राजदूत हुन मारामार छ
Advertisement
केका लागि ?
देश र जनताको सेवा गर्न
विकास गर्न
बिलकुल होइन
मन्त्री, राजदूत हुनु छ
हैकम चलाउन
आफ्ना मालिकको सेवा गर्न
महँगो गाडीमा सयर गर्न
जय नेपाल, नमस्कार, दर्शन खान
थाहा छ ?
मन्त्री, राजदूत भएपछिको
जिम्मेवारी के हो ?
के काम गर्ने ?
कसरी गर्ने ?
छैन
तर जानेका छन्
सामाजिक सञ्जालमा हल्ला गर्न
अन्तरवार्ता दिन
कर्मचारी तर्साउन
मनलाग्दी गर्न
चाकरीको हदसम्म जान