कास्की, पोखरा महानगरपालिका ३० पावर हाउस नजिकैबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलियाका ३० वर्षीय कुलदेव कुमाल रहेका छन्।
Advertisement
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। बसमा सवार उनलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।