काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
Advertisement
अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा ६०० रुपैयाँले घटेको हो।
यस्तै, महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ३०० थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३७५ मा आएको महासंघले जनाएको छ।