• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लापरवाह मानिस, ध्वस्त पर्यावरण !


    Avatar photo
बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

एक साताअघि ठूलो हावाहुरीका कारण झापा मेचीनगरमा दर्जनौं बिजुलीका पोलहरू भाँचिए। करिब ३६ घण्टा विद्युत अवरुद्ध हुनेगरी आएको यो विपदलाई विपदको रूपमा स्थानीय सरकारले नबुझेको भन्‍ने खालका भनाइहरू पनि आए।

Advertisement

तराईमा तापमान ४० डिग्रीभन्दा माथि चढ्यो। वर्षा नभएका कारण कृषकले लगाएका मकैका बोटहरू सुके। बचेका बोटहरूमा समेत तापक्रम ३५ डिग्रीभन्दा माथि हुँदा पोलन (मकैको फूलमा हुने बिउ) मर्ने कारणले मकैका घोगाहरूमा दाना लागेन। बरु, बिउ नै खराब भएको भन्‍ने सुन्‍नमा आयो।

साधारण कृषकले ठूलो लागत खर्चेर लगाएको बालीले परिणाम दिन नसक्दा कृषकहरू खेती गर्ने कि नगर्ने भन्‍ने दोधारमा छन्। कृषकका लागि एक बाली बिग्रनु भनेको उसको १ वर्ष खेर जानु हो। मकैको उत्पादन नहुँदा पशुपक्षी पालनमा प्रयोग हुने दानाको कमीका कारण उत्पादन लागत बढ्ने र त्यसको मारमा फेरि आम मानिस नै पर्ने हुन्।

अहिले धानको बिउ राख्‍ने समय भएको छ तर कुलाका मुहानहरू बौरिएका छैनन्। प्राकृतिक रूपमा जमिनमुनि रहने पानीको भण्डार अत्यधिक बोरिङका कारण सकिएकोमा कुनै शंका रहेन। कृषि उत्पादनमा मल, बिउ र सिँचाइको त्रिपक्षीय सन्तुलन हुनुपर्ने भन्‍ने ज्ञान भए पनि तत्कालमा कृषिको भन्दा पनि शहरी जनसंख्याको उपयोगको प्रयोजनका लागि पानीको उत्खनन बढेकामा कोही चिन्तित देखिँदैनन्।

शहरमा बन्‍ने ठूल-ठूला होटल र तिनका स्विमिङ पुलहरू पानीले भरिभराउ रहन्छन्। शहरका वातानुकुलित बैठक कक्षमा बरु कृषि उत्पादन घटेको र यसले आयात बढेको जस्ता विषय छलफलका एजेन्डा बन्‍ने गर्छन्। किन कृषि उत्पादन घटेको हो भन्‍ने अन्तरवस्तु प्रायः छलफलका विषयमा आउँदैन नै, यदि आउने भएको भए सिँचाइ, मल र बिउमा ध्यान जाने नै  थियो।

वातावरणको क्षेत्रमा लाग्‍नेहरूले कि त रुख बिरुवाको संरक्षणमा जोड दिने गरेका छन् कि हात्ती, गैंडाजस्ता ठूला वन्यजन्तुको संरक्षणमा खेतबारीमा पाइने गड्यौला, जुनकिरीजस्ता मसिना जीव मासिएकामा कसैलाई चिन्ता छैन। जमिनमा भएका झारपातहरू गड्यौलाले खाने र माटो खुकुलो पार्ने कार्यका लागि किसानको साथि मानिने गड्यौला कृषकहरूकै कारणले मासिएको अवस्था छ। आजभोलि खेतबारी यान्त्रिक साधन ट्र्याक्टर र यसको हलो प्रयोग गरी खेत जोत्‍ने चलनसँगै गड्यौला र अन्य सूक्ष्‍म जीवाणुहरू खेतबारीमा देखिँदैनन्।

सोही कारण जैविक चक्रमा क्षति भएका कारण लगाइएको बालीमा अमेरिकी फौजी किरा र अनेकन खालका किराहरूको प्रकोप बढ्दो छ।

यस्तै, रातमा देखिने जुनकिरीहरूको संख्या कम हुन थालेसँगै हाम्रा करेसाबारीहरूमा शंखेकिराको प्रकोप बढ्दो छ। जुनकिरीको लार्भाले शंखे किरा खाने भएका कारण जैविक नियन्त्रण हुने र विद्युत खपत कम गर्न लिड लाइटको प्रयोगसँगै जुनकिरी मासिएको विज्ञहरूको अनुसन्धानले बताएको छ।

घर-घरमा पाइने भँगेरा हुन् या परेवा सबै मासिन थालेका छन्। हाम्रा घरका छानाहरू खर परालका हुँदासम्म यिनको जीवन सहज थियो  खरका छाना टिनले विस्थापित हुँदासम्म पनि भँगेरा र परेवाहरू कठिन संघर्ष गर्दै केही मात्रामा बचेका थिए। जब हाम्रा घर आवासहरू पक्का हुन थाले, वासस्थान अभावमा भँगेरा र परेवाहरू लोप भए। तर, हामी गिद्ध संरक्षणका परियोजनामा मात्रै केन्द्रित भयौं।

ठूला या साना, विशाल या सूक्ष्‍म सबै जीवको महत्त्व हुने यस लोकमा सबैभन्दा बढी प्राथमिकता हामीले मानिसलाई मात्रै दियौं। तापक्रम बढेकामा चिन्ता भएको प्रस्तुतीकरण गर्‍यौं तर वृक्षरोपणमा ध्यान दिएनौं।

जनसंख्याको तुलनामा आवश्यक संरचना निर्माण गर्नुपर्नेमा वैदेशिक ऋणको भारी बोकेरै भए पनि आवश्यताभन्दा बढी सडक तथा अन्य संरचनाहरू निर्माण गर्‍यौं। सडकका दुवैतर्फका रुखहरू निर्ममतापूर्वक ढालेर नष्‍ट गरियो। गर्मी भए पंखा  र एसीमा भर पर्‍यौं। कुनै कारणबस  विद्युत अवरुद्ध हुँदा शरीर नै नचल्ने अवस्थामा पुग्‍ने अवस्था उत्पन्‍न भयो।

पानीका स्रोतहरू सुक्दै गएको अवस्थामा पानी पुनर्भरणका लागि माथिल्लो क्षेत्रमा पोखरी निर्माण र पानी संरक्षण गर्ने वनस्पति रोप्नुको सट्टा बरु प्रकृतिको मिर्गौला भनेर चिनिने सीमसार क्षेत्रहरूमा वनभोजस्थल निर्माण गरी प्लास्टिक र थर्मोकोलको डम्पिङ क्षेत्र बनायौं। सीमसार क्षेत्रमा सिमेन्टको उपयोग गरी अनेकन संरचना निर्माण गर्दा हुने प्राकृतिक असन्तुलन बेवास्ता गर्ने हामी नै हौं तर एक दिन पनि यसबारेमा संवेदनशील बनेनौं।

उपरोक्त वातावरणीय प्रभावहरू उत्पन्‍न हुन्मा मानव समुदाय नै जिम्मेवार भएकाले यसमा सुधार गर्ने वा ५ जुनमा विश्‍व वातावरण दिवसको रूपमा मनाएर बाँकी ३६४ दिन हात बाँधेर बस्‍ने भन्‍ने आजको यक्ष प्रश्‍न हो। अब यन्त्रविहीन भएर बाँच्‍न पनि कठिन छ। कच्ची आवास पनि कल्पना बाहिरको विषय भइसकेको छ। सडक र सवारी साधनहरू हाम्रा प्रिय वस्तु भइसकेका छन्।

यस्तो अवस्थामा दोष कसको हो भन्‍न कठिन छ। कसले वातावरणमा सुधार ल्याउने ? कस्तो खालको अनुकुलन गर्ने ? राज्यले के गर्ने  ? नागरिकले के गर्ने ? यी प्रश्‍नको जवाफ खोज्‍न अब टोल-टोलमा छलफल नगर्ने हो भने हाम्रो व्यवहार र जीवनशैली नै हाम्रा लागि घातक त हुँदैनन् ? एकपटक सोच्‍ने हो कि !

बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.