काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका ७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका ३ का १८ वर्षीय सुमन ठाकुर छन्।
Advertisement
पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ। स्थानीयबासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए। उपचारका क्रममा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।
यसैबीच महोत्तरी गाउँपालिका ५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
होली खेलेर शनिबार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर अस्पताल पठाएका थिए।