• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु


शनिबार, चैत ०५, २०७८ मा प्रकाशित

काठमाडौं- भक्तपुर, कास्की, कैलाली, सर्लाही, रुकुम (पूर्व), अछाम, मोरङ, सुनसरी, डोटी, बझाङ, सप्तरी, चितवन, सुर्खेत र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

Advertisement

भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार चोक नजिक ना.७ त २७७४ नम्बरको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार ललितपुर ईमाडोल बस्ने उदयपुर गाईघाट घर भएका १८ वर्षीय प्रदिप कार्कीको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समिट अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका-८ पादी खोलास्थित सडकमा लुम्रेबाट कालीमाटीतर्फ जाँदै गरेको ग.२ च ३९३१ नम्बरको गाडी  सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडी चालक माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम बस्ने ३५ वर्षीय बल बहादुर भुजेलको मृत्यु भएको छ ।

कैलाली टिकापुर नगरपालिका-४ अस्नेरीमा से.३ प ९७४६ नम्बर र लु.७४ प ४०७४ नम्बरका दुई मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका से.३ प ९७४६ नम्बरको मोटरसाइकल चालक टिकापुर नगरपालिका-२ बन्दीपुर बस्ने १७ वर्षीय मञ्जिल कार्कीको टिकापुर अस्पतालमा र लु. ७४ प ४०७४ नम्बरको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रजापति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

सर्लाही कबिलासी नगरपालिका-६ जमुनियामा बिआर ३० क्यू ५२९२ नम्बर र बिआर ०६ सिएफ ५३५७ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो आपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका-२ पिपरया बस्ने २८ वर्षीय धर्मेन्द्र रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१२ गरखानीमा रा.१ त ३३७३ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अछाम मंगलसेन नगरपालिका-९ कैलाश खोला नजिक से.६ प १८९९ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका वलीगाउँ बस्ने ४० वर्षीय माधव शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ ग्रामथान गाउँपालिका-१ लखन्तरीमा को.२५ प ८५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-५ बस्ने १६ वर्षीय आलोक बिश्वास र मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने १८ वर्षीय रिसब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिराट टिचिङ अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का १ जना घाइतेको सोही अस्पातालमा उपचार भइरहेको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका-१ खहरेखोलास्थित सडकमा को.२९ प ६२०६ नम्बर र को.९ प ३३७२ नम्बरका दुई मोटरसाइकल शुक्रबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा को.९ प ३३७२ नम्बरको मोटरसाइकलका चालक बराहक्षेत्र नगरपालिका-२ बस्ने २६ वर्षीय अमृत पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.२९ प ६२०६ नम्बरको मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि विराट नर्सिङ विराटनगर पठाइएको छ ।

डोटी आदर्श गाउँपालिका-२ साँउदकाडामा सु.प.प्र.०१००२त ६५४२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने करन साउदको छोरा ८ वर्षीय दुरज साउदको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ बुङगल नगरपालिका-४ तम्तोलामा झापाबाट बिजगडातर्फ जाँदै गरेको सु.प.प्र.०१-०१०प ७०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय सुरेश कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ रत्वालामा स.१ च १६८३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दु:खीलाल लेखीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१ लिला चोकमा ना.२ ह २८५४ नम्बरको अटोलाई ना.१ ज ६९४२ नम्बरको म्याजिकले शनिबार बिहान ठक्कर दिँदा अटोमा सवार झापा दमक नगरपालिका-५ बस्ने ७६ वर्षीय सोम प्रसाद पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा र अटो चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उक्त म्याजिकले अटोलाई ठक्कर दिई पुन: ना.१ ज ५१३६ नम्बरको म्याजिकलाई समेत ठक्कर दिएको थियो । तीन वटै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.७ प १७९९ नम्बरको मोटरसाइकल भे.१ ख ३३०२ नम्बरको टिपरको पछाडी ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार लेकवेशी नगरपालिका-५ नेटा बस्ने १७ वर्षीया सन्दिपा पुलामीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्युठान माण्डबी गाउँपालिका-२ सेतोपहरामा ना.३ ख ७१३२ नम्बरको बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा बसमा सवार दाङ घोराही उपमहानगरपालिका-३ बनजोड बस्ने २६ वर्षीया साबित्री परियारको छोरा १ वर्षीय अंशु परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बस चालक समेत २२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

भर्खरै

  • १.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • २.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ४.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ५.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ६.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ७.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.