सहकारीका सरकारीहरूको
रुवाबासी हेरी नसक्नु छ
Advertisement
देखाइदिऊँ प्रमाण भनी
थापा काजी कुर्लिन्छन्
छ प्रमाण देखाऊ भनी
घण्टीवाला उफ्रिन्छन्
सहकारीका पीडितको रुवाबासी
हेरी नसक्नु छ
जनता संसदमा चलिरहेको
गणतन्त्रको नांगो नाचको
तमाशा दिक्क मान्दै
हेरी बसेका छन्
झापाली बा घण्टीलाई
छाता ओढाउँदै ठिक्क छन्
बडाकाजीका टोली
छाता खोस्दै ठिक्क छन्
कहाँ पुर्याउने हुन् समाजलाई
देशलाई केही ठेगाना छैन
तिमीले गणतन्त्र
यही तमाशा देखाउन
ल्याएका रहेछौ भने
पुग्यो अब तिम्रा फण्डेबाजी
तिम्रा त्रिया चरित्र
तिम्रा भ्रष्टाचारका कीर्ति गाथा
तिम्रा बा, दाइ-भाउजुको कथा