काठमाडौं– गायक प्रमोद खरेलको नयाँ गीत ‘हरपल मनमगन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
Advertisement
खरेलको यो म्युजिक भिडियो प्रमोद खरेल क्रियसनले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको हो। म्यूजिक भिडियोमा खरेल संगै शान्तिश्री परियारले स्वर दिएकी छिन।
गायक खरेलको शब्द/संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको उक्त म्युजिक भिडियोको सान थापाले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा नाजिर हुसैन र पुर्निका सिजापतीले अभिनय गरेका छन्।