Advertisement
पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ९१४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
तीमध्ये दुई हजार ५९२ को पीसीआर र तीन हजार ३२२ को एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन्। मृत्युदर शून्यमा झरेको छ।
यस अवधिमा २९ हजार ३९० जनाले कोरोनाविरुद्ध खोप लिएका छन्। हाल देशभर तीन हजार ९९६ सक्रिय संक्रमित छन्।