भलमन्साले ठग्गालाई भनेछन्
भतिज झापाको चियाबारी गज्जबको छ रे
त्यहाँको चिया गज्जब मिठो हुन्छ
भोलि बस चढी
त्यहीं जाने विचार गरेको छु
Advertisement
आफैं चियाबारी हेर्न र
त्यहाँको मीठो चिया खान
चिया किनेर ल्याएर
गाउँलेहरूलाई पनि बाँड्न
यो कुरा सुनेर ठग्गाले भनेछन्
त्यहाँ केको चियाबारी हुनु काका
त्यो जग्गा त
डाँकाहरूले बेचेर खाएछन्
त्यहाँ त बसपार्क
पक्की घर र बजार
पनि बनिसकेका छन् रे
अदालतले फैसला नगरेको भए
नेताले आफ्नो भुँडी भर्न
त्यहाँ मनपरी गर्ने थिए
आशा गरौं बदमाशी गर्ने
डाँकाहरूको पाता कसिने छ
त्यो जग्गामा फेरि चियाबारी देखिने छ