काठमाडौं– कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ।
Advertisement
असार ७ देखि ९ गतेसम्म काठमाडौंमा गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव निर्देशक डब्बु क्षेत्रीले बताए। “नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको छ। महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ। सो अवसरमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भने।
उनले यही जेठ १५ गतेसम्म नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि समय दिइएको बताए। महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।