काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो।
यस्तै, तेजाबी सुनको मूल्य आज अघिल्लो दिनकै मूल्य कायम रहेको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कामय भएको छ।
आज चाँदीको मूल्य एक हजार ३८५ रुपैयाँ झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो।