Advertisement
नेकपा (एकीकृत समाजवादी)ले पालिका निर्वाचनमा आफ्नो चुनावी अभियानको नाम ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ तय गरेको छ।
उक्त पार्टीको बिहीबारको केन्द्रीय सचिवालय बैठकले उक्त नारा तय गरेको हो। पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सचिवालय बैठकले १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, सातै प्रदेशमा कामको अनुगमन र मूल्यांकनका लागि १-१ जना सचिवालय सदस्यलाई जिम्मेवारी दिइएको छ।
जसअनुसार प्रदेश-१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेशमा उपमहासचिव खतिवडा, वागमतीमा उपमहासचिव गंगाधर तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव डा. विजय पौडेल, कर्णालीमा महासचिव वेदुराम भुसाल र सूदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई पठाइने भएको छ।