नयाँदिल्ली- तनावले हाम्रो मुडदेखि दीर्घकालीन जीवनसम्म प्रभावित बनाउँछ। तनावबाट शरीरलाई मुक्त राख्न भ्रामरी प्राणायाम र दोहोरो श्वास लिने विधि निकै उपयोगी सावित भएका छन्।
खाली पेटमा भ्रामरी प्राणायाम गर्नुको अधिक फाइदा हुन्छ। भोजन गरेको केही घण्टापछि पनि यो प्राणायाम गर्न सकिन्छ। एकपटकमा एकदेखि पाँच चक्र गर्न सकिन्छ।
शान्त स्थानमा आँखा बन्द गरेर आरामदायक मुद्रामा बसौं। हातका औंलाले दुवै कानलाई आरामसँग बन्द गरौं। नाकबाट गहिरो श्वास लिऊँ। मौरीले भुनभुनाएको जस्तो आवाज नाकबाट निकाल्दै सासलाई विस्तारै छाडौं।
यसले तनाव र एन्जाइटीलाई कम गर्छ। रक्तचाप घटाएर भ्यान गर्ने क्षमता बढाउँछ। भिनभिनाहटले शरीरलाई नाइट्रिक अक्साइड रिलिज गर्न मद्दत गर्छ। र, शरीरलाई प्राकृतिक रूपमा आराम दिलाउँछ।
यस्तै, शरीरको रिकोभरी तन्त्रलाई मद्दत पुर्याउने बेगस नर्भलाई सक्रिय बनाउँछ। र, मनलाई शान्ति दिलाउँछ। यसलाई बिहानीपख गर्नु उचित मानिन्छ। राति सुत्नुअघि पनि यसले राम्रो निन्द्राका लागि मद्दत गर्छ।
यसैगरी, दोहोरो श्वास लिने प्रक्रियाले पनि नर्भ सिस्टमालाई शान्त गराउँछ। बसेर, सुतेर, खडा भएर जसरी पनि यो विधि अपनाउन सकिन्छ। भोजनसँग जोडिएका कुनै पाबन्दी यसमा आवश्यक हुँदैनन्। केही सेकेन्डमै यो विधि अपनाउन सकिन्छ।
नाकबाट गहिरो श्वास लिनु होस् र छाड्नूस्। फेरि लामो श्वास तान्नुहोस् र मुखबाट छाड्नूस्। त्यसबाट उच्च रक्तचाप र घबराहटबाट राहत पाउन सकिन्छ। केहीबेर त्यसलाई दोहोर्याउनूस्।
यो विधिले श्वासप्रश्वास प्रणालीमा पनि आराम पुर्याउँछ। यसबाट एन्जाइटीबाट पनि आराम पाउन सकिन्छ। यसले नर्भस प्रणालीलाई शान्त बनाउँछ। मस्तिष्कमा अक्सिजनको मात्रा बढाउन पनि यो उपयोगी हुन्छ। शरीरमा कुनै तनाव उत्पन्न भएको छ भने त्यसबाट तत्काल छुटकारा दिलाउँछ। र, फोकस र निर्णय लिने क्षमता बढाउँछ।