काठमाडौं- ललितपुर गोदावरी नगरपालिका-११ बज्रबाराहीस्थित पार्किङमा राखेको बा.२ ख ७३४३ नम्बरको बसमा सोही बसका सह-चालक सोही नगरपालिका-११ झ्यालिपाटी बस्ने ३५ वर्षीय राजु कुँवर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
उदयपुर बेलका नगरपालिका-८ कोठुस्थित सप्तकोशीको पुल नजिक त्रियुगा नगरपालिका-७ सरस्वती टोल बस्ने २२ वर्षीय काशिराज तामाङको शव बुधबार बिहान फेला परेको छ । फागुन २८ गते सोही नगरपालिका-७ चुहार भन्ने स्थानबाट दुध कोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।