काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ ।
Advertisement
मंगलबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । जसको मूल्य मंगलबार प्रतितोला एक लाख थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७० मा आएको महासंघले जनाएको छ ।