सुनसरी- धरान उपमहानगरपालिका-११ साकेला चोक डेरा गरी बस्ने खोटाङ कोपिलागढी गाउँपालिका-२ घर भएका २२ वर्षीय बिवस राईको कोठाबाट अवैध लागुऔषध गाँजा ४ किलो ४ सय ४५ ग्राम शनिबार राती प्रहरीले बरामद गरेको छ ।
Advertisement
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।