Advertisement
नेपाल प्रहरीमा थपिएका एआईजीका तीन दरबन्दीमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवाको सिफारिस गरिएको छ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले उनीहरूलाई बढुवा गर्ने सिफारिस गरेको हो। डीआईजी पन्त हाल अख्तियार दुरुपयोग आयोग, सिंह केन्द्रीय अनुसन्धान ब्युरो र धानुक प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा कार्यरत छन्।
एआईजी बढुवा भएसँगै सिंह र धानुकलाई प्रहरी महानिरीक्षकका लागि प्रयास गर्ने बाटो खुल्नेछ। उनीहरू एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन्। पन्तले भने हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसँगै अवकाश पाउने छन्।