Advertisement
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा हुन सक्ने गठबन्धनबारे पार्टीको चैत तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताएका छन्।
संखुवासभा सदरमुकाम खाँदबारीमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले केन्द्रमा गठबन्धन गर्ने निर्णय नभए पनि जिल्ला र गाउँ तहमा गठबन्धन हुनसक्ने प्रष्ट्याए। ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानबाट आएका रायका आधारमा गठबन्धनको टुंगो लाग्ने उनको भनाइ थियो।
यस अभियानबाट राजनीतिक दलहरूलाई मर्यादित ढंगले चुनाव लड्न आग्रह गरिने उनले बताए। सोही कारण यस अभियानमा कांग्रेसले अन्य राजनीतिक दलहरूलाई आरोप प्रत्यारोप नलगाउने उनको भनाइ थियो।
अभियानको उद्देश्य जनताका विषयलाई विशेष चासो राखिएको, मुलुकको समृद्धि, संस्कार र संगठनलाई विशेष ढंगले अगाडि बढाइएको शर्माले बताए।