कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रीलाई ह्विप जारी गरेको छ । आज साझ ५ बजे मुख्यमन्त्री सोडारीले बिश्वासको मत लिने तयारी गरेका छन ।
Advertisement
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाको नाममा उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुशीराम डगौरा थारुले ह्विप जारी गरेका हुन ।
मन्त्रीद्वय चौधरी र थापा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन ।