• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पश्‍चिमोत्तर भारतको ‘सानो नेपाल’


    Avatar photo
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

नेपाल सबै नेपालीको उदगमस्थल हो, चाहे आज जहाँ रहुन् । प्रथम र द्वितीय विश्‍वयुद्धलगायत विभिन्‍न समयमा नेपालीहरू देशबाहिर गए र आवाद भए । जहाँ बसे पनि नेपाली लोकगीत, संगीतको माध्यमबाट आफ्नोपनलाई जिउँदो राखेका छन् ।

Advertisement

२७ अप्रिलमा भारतको भाग्सु, धर्मशालामा नेपाली कवि बहादुरसिंह बरालको अर्धकदको शालिक अनावरणको कार्यक्रम राखिएको थियो। दाडी अवस्थित गोरखनाथ मन्दिरको प्रांगणमा आयोजित यस कार्यक्रमलाई मास्टर मित्रसेन साहित्य संगीत सभाद्वारा आयोजना गरिएको थियो। सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो र बरालको आँशुको सम्पादन गर्ने त्रिभुवन विश्‍वविद्यालयको प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेल सम्मानित अतिथि हुनुहुन्थ्यो।

लुम्बिनीका गुडविल एम्बेसेडर विक्रम पाण्डे काजी विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मास्टर मित्रसेन साहित्य संगीत सभाको अध्यक्ष साधना नेपालीको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रममा स्थानीय नेपाली भाषीहरूका साथै अन्यको पनि ठूलो संख्यामा उपस्थिति थियो।

एक दिनअघि २६ अप्रिल साँझ स्वर्गीय मास्टर मित्रसेनको निवासमा स्थानीय कलाकारहरूद्वारा मास्टर मित्रसेन र बहादुरसिंह बरालको कविता प्रस्तुत गरिएको थियो। अतिथिहरूबाट सम्बोधनको कार्यक्रमपछि मास्टर मित्रसेनको निवास मित्रसेन झुपडीको अवलोकनको साथै साँझको भोजन साधना नेपालीको सुन्दर निवासमा राखिएको थियो।

भाग्सु, धर्मशालामा भ्रमण गर्दा नेपालीहरूको छाप चिन्ह जहाँत्यहीं भेटिन्छ । खासगरी, भारतीय गोर्खा सैनिकहरूको बहादुरी र वीरताको गाथा यस ठाउँमा आउने पर्यटक वा यात्रुहरूले देख्‍न र बुझ्‍न पाउँछन्। हामी बसेको होटल नन्दिनी भिला नन्दिनी बराल थापाको थियो भने उक्त होटल शहीद सौर्य चक्र विजेता मेजर अभिजय थापा मार्गमा अवस्थित थियो। शहीद थापा भारतीय सेनामा हेलिकोप्‍टर पाइलट हुनुहुन्थ्यो। हेलिकप्‍टर उडाइरहेको अवस्थामा अचानक मेसिनमा खराबी आएछ। त्यो हेलिकोप्‍टर सघन आवादी भएको स्थान माथि उडिरहेको रहेछ। मेजर थापा आफ्नो बचाउ गर्न सक्नुहुन्थ्यो। तर, त्यसबाट स्थानीय आवादीलाई ठूलो नोक्सानी हुने देखेर उहाँले हेलिकोप्‍टरलाई कुनै आवादी नभएको ठाउँमा लगेर झार्नुभयो। भर्खरै बिहे गरेको अभिजय थापालाई मृत्योपरान्त सौर्य चक्रले सम्मानित गरिएको रहेछ।

भारत-पाकिस्तान युद्ध (१९४७-४८)मा स्कर्दुको लडाईंमा पराक्रम देखाउने महावीर चक्र विजेता (हिरो अफ स्कर्दु) ब्रिगेडियर शेरजंग थापाको नाममा समर्पित पार्कमा उहाँको शालिकमा फूलमाला चढाएपछि अरू रमणीय ठाउँहरूको अवलोकन गर्ने कार्यक्रम थियो। भाग्सु धर्मशालाको लोभ्याउने हरियाली र संरक्षण गरिएको वन जंगलले गर्दा धर्मशाला अवस्थित काँगडा घाँटीलाई अग्लो ठाउँबाट हेर्दा अत्यन्त रमणीय दृश्यावलोकन हुन्छ। उत्तर दिशामा अवस्थित धौलाधर हिमाल यस धर्मशालाको टाउकोमा मुकुटजस्तै शोभायमान देखिन्छ। र, यस घाँटीको सौन्दर्यलाई वैभवशाली बनाउँछ।

यस भ्रमणको दौरान दिलकुमारी राईज्यूसँग भेट गर्ने मौका पाएँ । भारतीय नेपालीहरूको पहिचानका लागि लड्ने योद्धा हुनुहुन्छ उहाँ। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गराई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिलाउन उहाँले गरेको योगदान सराहनीय छ। साथै, भारतको संसद भवनको प्रांगणमा शहीद दुर्गा मल्लको शालिकलाई स्थापित गराउने काम उहाँको अगुवाइमा भयो। भारतको स्वतन्त्रता संग्राममा नेपाली गोर्खा जातिले गरेको योगदान र बलिदानलाई यो मूर्तिले सम्झाउँछ। उहाँलाई मैले व्यक्तिगत रूपमा धन्यवाद दिएँ र उहाँको योगदानको सराहना गरें।

भारतमा नेपाली भाषाको उत्थानमा दार्जिलिङले पुर्‍याएको योगदान अतुलनीय छ। दार्जिलिङबाट आएका गोपाल योञ्जन, अम्बर गुरुङ र लैनसिंह वाङ्देलहरूले संगीत र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदान अनुपम छ। पारिजातलाई कसले चिन्दैन, त्यहींकी हुन्। दार्जिलिङमा नेपाली साहित्यको उन्‍नतिका लागि नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको उल्लेख्य योगदान छ। त्यस्तै, भाग्सू धर्मशाला तथा भारतभर बहादुरसिंह बराल र मास्टर मित्रसेन थापाको उच्च योगदान छ। नेपालीहरू जहाँ रहे पनि उसको जाति नेपाली हो र आफ्नो नेपाली भाषाको संरक्षण र प्रबर्द्धन गर्नु प्रत्येक नेपालीको कर्तव्य हो भन्‍ने जागरण अभियानमा बहादुरसिंह बराल र मास्टर मित्रसेन लाग्‍नुभएको थियो। श्री गुरु गोरखनाथको मन्दिर अप्रिल १९५५ मा धर्मशालाको दाडीमा बहादुरसिंह बरालले स्थापना गर्नुभयो। आज उक्त ठाउँमा चाडपर्व र विभिन्‍न अवसरहरूमा नेपाली भाषीहरूको जमघट हुने गर्छ।

शालिक अनावरणको अवसरमा डाक्टर खगेन्द्रप्रसाद लुइटेलबाट सारगर्भित वाचन भयो। बहादुरसिंह बराल र मित्रसेन थापाको अन्योयाश्रित सम्बन्ध र यसको महत्त्वमाथि प्रकाश पार्नुभयो । नेपाली भाषाको उत्थानका लागि उहाँहरूले पुर्‍याएको योगदानमाथि चर्चा गर्नुभयो। जय गोरखको उदघोष सर्वप्रथम गर्ने व्यक्ति बहादुरसिंह बराल हो भन्‍नुभयो। उक्त अवसरमा नेपालबाट गएको सांस्कृतिक टोलीले अत्यन्त सुन्दर कुमारी र मञ्जुश्री नाच प्रस्तुत गर्‍यो। २८ अप्रिलमा पनि नेपाली कलाकारहरूले नेपालका लोक नृत्य संगीत प्रस्तुत गर्ने कार्यक्रम थियो, जसमा स्थानीय गोर्खाली कलाकारहरूले पनि नृत्य संगीतको प्रदर्शन गरेका थिए।

नेपाली जातिले बहादुरी र बफादारीमा विश्‍वभर नाम कमाएको छ। र, अब बौद्धिक क्षेत्रमा पनि आफ्नो पहिचान स्थापित गर्नुपर्छ भन्‍ने खालको अभिव्यक्ति मैले व्यक्त गरें, एउटा कार्यक्रममा। नेपाली समुदायका क्याप्‍टेन, मेजर, कर्णेल र ब्रिगेडियरहरूलाई भेटें। भारतीय सेनाको लेफ्टिनेन्ट जनरलसम्म आज नेपाली पुगिसकेको छ भने नेभी (जलसेना)मा रियर एडमिरल सन्दीप प्रधानबारे उहाँका भाइ अवकाशप्राप्त कर्णेल रञ्जीव प्रधानबाट अवगत भएँ । नन्दिनी थापा पनि एउटा सफल उद्यमीको रूपमा स्थापित व्यक्तित्व हुनुहुँदो रहेछ। फुटबलमा श्याम थापाको नाम प्रसिद्ध भएपछि भारतमा जुनसुकै नेपालीले आफ्नो नामको पछाडि थापा लेख्‍न शुरु गरेका थिए। तेन्जिङ नोर्गेलाई कसले चिन्दैन ? मास्टर मित्रसेनको नाममा भारत सरकारले सन् २००१ मा हुलाक टिकट चलाउन शुरु गर्‍यो। आजाद हिन्द फौजका कप्तान रामसिंह ठाकुर भारतको स्वतन्त्रता संग्राम सेनानीले प्रसिद्ध गीत ‘कदम-कदम बढाए जा’लाई संगीत दिए। भारत-चीन युद्धको परमवीर चक्र विजेता धनसिंह थापा मगरको नाम भारतीय सेनाको इतिहासमा अमर छ।

नेपाली भाषा नेपालबाहेक भारतका सिक्किम, दार्जिलिङ, आसाम, सिलिगुडी, शिलोङ, देहरादुन, हिमाचल प्रदेश, लद्दाख, अरुणाचल प्रदेशमा बोलिने र बुझिने भाषा हो। भुटानमा पनि यो भाषा सबैले बोल्न र बुझ्‍न सक्छन्। म्यान्मार, थाइल्यान्ड र जहाँ-जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ यो भाषा पुगेको छ। नेपालभित्र विभिन्‍न जात-जातिहरू आ-आफ्नो भाषा र पहिचानको निमित्त संघर्षरत छन। तर, देशबाहिर नेपाली भाषा समस्त नेपालीहरूको पहिचान बनिसकेको छ। नेपाल सबै नेपालीको उदगमस्थल हो, चाहे आज जहाँ रहुन्। प्रथम विश्‍वयुद्ध, द्वितीय विश्‍वयुद्ध र विभिन्‍न समयमा नेपालीहरू देशबाहिर गए र आवाद भए। जहाँ बसे पनि नेपाली लोकगीत, संगीतको माध्यमबाट आफ्नो नेपालीपनलाई जिउँदो राखेका छन्। नेपाल समृद्ध र बलियो भयो भने संसारभरका नेपालीहरूलाई गर्व हुनेछ र नेपाली भाषा बोल्दा गर्वको अनुभूति गर्नेछन्।

जय नेपाल

शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.