• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

चलेकै कलाकार चाहिने भाष्य तोड्दै ‘बोक्सीको घर’


बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित

काठमाडौं– नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ। अर्थात् उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन्। केही चलचित्रमा मात्र कथालाई ‘लिड’ गर्ने कार्यभार अभिनेत्रीले पाएका छन्। किनकी धेरै निर्देशक आफ्नो कथाको मुख्यपात्र ‘हिरो’ अभिनेतालाई नै बनाउने गर्छन्। तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’ । यसमा प्रायः कलाकार महिला छन्।

Advertisement

केकी अधिकारीले निर्माण गरेको चलचित्रमा चिनिने अनुहार उनी मात्र छिन्। यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ। निर्माण पक्षले उपलब्ध गराएको तथ्याङ्कअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार तीन करोड २४ लाख भइसकेको छ। चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ।

यो सफलताले केन्द्रीय भूमिकामा महिला कलाकारलाई राखेर चलचित्र निर्माण गर्न अन्य निर्मातालाई हौसला मिलेको छ। अभिनेत्री अधिकारीले कथा मन परेकै कारण यो चलचित्र निर्माण गरेकी थिइन्।

“सोही शीर्षकको नाटक हेरेपछि मैले चलचित्र बनाएर धेरै दर्शकलाई देखाउने निर्णय लिएर आँट गरेकी हुँ। सुरुवाती समयमा हिरो (अभिनेता) को हो भनेर नसोधिएको होइन, तर अहिले भइरहेको व्यापारले यसपछिका चलचित्रमा अभिनेत्रीलाई मुख्य भूमिका दिन प्रेरणा मिल्ने छ”, अधिकारीले भने।

उनले आफूलाई प्राप्त हुने अधिकांस भूमिका अभिनेताकै वरपर रहने किसिमको भएकाले ‘बोक्सीको घर’ जस्ता चलचित्रमा लगानी गरेको बताइन्। अभिनेत्री अधिकारी झैँ चलचित्र ‘मनसरा’ मा शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर छिन्। स-साना भूमिकामार्फत चलचित्रमा अभिनयको सुरुवात गरेकी अभिनेत्री मगर अब अभिनेताको वरिपरी घुम्ने पात्रमा आफूलाई प्रस्तुत नगर्ने सोचाइमा छिन्।

“आफ्नो पात्रले पार्ने प्रभाव हेरेर म चलचित्र स्वीकार गर्ने कि नगर्ने निर्णय लिन्छु। शीर्ष भूमिकामा आफैँ हुँदा केही दायित्व बढेको महसुस भने हुनेरहेछ”, अभिनेत्री मगरले भनिन्, “अब आउँदो समयमा प्रभावहीन भूमिका गर्दिन। किनकि अब अभिनेत्रीलाई अभिनेताकै लागि राख्ने पद्धतिको अन्त्य हुनुपर्छ।”

अभिनेत्री वर्षा राउतले अभिनेत्रीलाई निर्माता तथा निर्देशकले उपयोग गर्न नसकेको विश्लेषण गरिन्। उनि पनि फरक भूमिकाकै पर्खाइमा छिन्। उनले भनिन्, “हामीले निरन्तर काम गरेनौँ भने हराइने डर हुन्छ। त्यसैले अभिनेत्रीलाई धेरै समय पर्खिने समय छैन। यद्यपि हामीलाई शीर्ष भूमिकामा लिन अहिले पनि निर्माता तथा निर्देशकले बजारको कारण देखाउने गरेका छन्।”

निर्देशक पुर्नेन्दु झाले नेपालसहित भारतमा बन्ने चलचित्रमा शीर्ष पात्रको रुपमा अभिनेतालाई हेर्न बानी परेको बताए। “अहिले आइरहेका चलचित्रले विस्तारै अभिनेताको विषयमा स्थापित भाष्यलाई तोड्नेमा विश्वस्त छु”, निर्देशक झाले भने, “यद्यपि अहिलेको सन्दर्भमा बजारले पनि निर्देशकलाई केही कठिनाई दिएको छ। हामीलाई निर्माताको लगानी सुरक्षित गराउने दायित्व पनि हुन्छ, त्यसैले सबैको सल्लाहमा काम गर्नुपर्ने हुन्छ।”

पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ। यसको व्यावसायिक सफलताले आगामी दिनमा चलचित्रमा अभिनेत्रीको उपस्थितिलाई निर्देश गर्नेछ।

बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.