काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर् २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ।
Advertisement
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार अर्थतन्त्रका सूचकांक सकारात्मक सकारात्मक देखिएकाले आर्थिक वृद्धिदर ३.८७ प्रतिशत पुग्ने अनुमान गरेको हो। सरकारले भने ६ प्रतिशतले आर्थिक वृद्धी गर्ने लक्ष्य राखेको थियो।
कार्यालयले कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान गरेको छ।
प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान पनि कार्यालयले गरेको छ। लामो समय अप्ठ्यारोमा रहेको अर्थतन्त्रमा पर्यटन आवागमनले सकारात्मक संकेत देखिएको कार्यालयले जनाएको छ।