Advertisement
मनिष अर्याल
यस वर्षको होली पर्व शुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएसँगै होली शुरु भएको हो।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व शुरु भएको मानिन्छ।

