रुपन्देही- कञ्चन गाउँपालिका-३ लखनचोक बस्ने ४३ वर्षीय कृष्ण भण्डारी र सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर श्रीसलाई करिब २ ग्राम ८७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
Advertisement