Advertisement
पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पाइएको छ। तीमध्ये ५० जनाको पीसीआर परीक्षण गरिएको थियो भने आठ जनाको एन्टिजेनबाट संक्रमण पुष्टि भएको हो।
यस अवधिमा पाँच हजार ४१८ जनाको कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा निको हुने बिरामी संख्या १४८ छ। कोरोना संक्रमणबाट मृत्यु शून्य छ।
पछिल्लो २४ घण्टामा ९२ हजार ४८ जनाले कोभिड खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमित चार हजार ८१९ जना छन्। तीमध्ये एक सय ६ जना क्वारेन्टिनमा छन्।