Advertisement
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
महासंघको आइतबार सम्पन्न निर्वाचनबाट सिंह पुनः निर्वाचित भएका हुन्। अध्यक्षका प्रत्यासीद्वय निकोलस पाण्डे र हुमनाथ कोइरालालाई फराकिलो मत अन्तरमा हराउँदै सिंहले दोस्रो कार्यकाल पक्का गरेका हुन्।
यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, लुम्बिनी प्रदेशबाट उपाध्यक्ष टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्ष रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्ष प्रकाशबहादुर सेठी चयन भएका छन्।
उपमहासचिवमा रोशन दाहाल निर्वाचित भएका छन्। उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भएका छन्।