काठमाडौं- तनहुँ आँबुखैरेनी गाउँपालिका-६ जलभञ्याङ बस्ने ४५ वर्षीया कुमारी भुजेल आफ्नै घरभित्र आइतबार मृत अवस्थामा फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले घटना सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-२ चिसापानीस्थित चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा कार्यरत रामग्राम नगरपालिका-३ परासी घर भएका ३७ वर्षीय डा.दिपेन्द्र प्रताप सिंह सोही अस्पतालको दोस्रो तलास्थित चेन्जिङ रुपमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही तिलोत्तमा नगरपालिका-१२ बस्ने २८ वर्षीय भोला कुमालको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-४ बुद्धकलोनीस्थित सार्वजनिक नालामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।