काठमाडौं- सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्युभएका तीनै जनाको सनाखत भएको छ ।
Advertisement
५२ जना जन्ती बोकी दुलही लिन हिनेको बस तौथली नजिक धारावतीमा पुगेर दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए। तीनै जना दोलखा भीमेश्वर नगरपालिका–१ हुन् । ७० वर्षिय मानबहादुर थामी, १९ वर्षिय दिपेन्द्र थामी र १८ वर्षिय शिव श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।