काठमाडौं– सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष माधव नेपाल र शेरबहादुर देउवाबीच वैकल्पिक गठबन्धन बनाउने सहमति भएपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ।
Advertisement
एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं ओर्लिने बित्तिकै सिंहदरबार पुगेका थिए। सिंहदरबारमा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको छलफलमा मिसिन रास्वपा सभापति रवि लामिछाने पनि सिंहदरबार पुगेका छन्।
अहिले सिंहदरबारमा तीन नेताबीच छलफल चलिरहेको छ।