काठमाडौं– काठमाडौंमा एक पुरुष मृत फेला परेका छन्।
Advertisement
काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने सोलखुम्बु घर भएका ५० वर्षीय राम सन्यासी आफ्नै कोठामा मृत फेला परेका हुन्। उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको मृत्युको कारणबारे खुलिनसकेको र घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।