विराटनगर– नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
Advertisement
सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादीको प्रदेश संसदीय दलको बैठकले कांग्रेसका केदार कार्की नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको हो।
माओवादी केन्द्रका मन्त्रीले आजै राजीनामा दिने भएका छन्। कोशीमा माओवादीका तीन मन्त्री छन्।
त्यस्तै माओवादीले आजै कोशी सरकारका लागि बहुमतको दाबी गर्ने पनि निर्णय गरको माओवादी संसदीय दलले जनायो।