• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

चरिकोटको बहुउद्देश्यीय भवनका व्यापारी दंग !


    Avatar photo
सोमबार, माघ ०८, २०८० मा प्रकाशित

चरिकोट- नगर विकास कोषको अनुदान र ऋणमा निर्माण गरिएको दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा करोडौं लागतमा नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवन भाडा लागेसँगै ढिलै भए पनि सञ्‍चालनमा आएको छ।

Advertisement

अनुदान र ऋण गरी ११ करोड ५४ लाख १६ हजार रुपैयाँमा निर्मित भवन समयमा भाडा नलाग्दा नगरलाई लाखौं घाटा बेहोर्नु परिरहेको थियो। अहिले मासिक ४ लाख ३१ हजार ६०५ रुपैयाँमा भाडा लागेपछि सञ्‍चालनमा आएको भीमेश्‍वर नगरप्रमुख ईश्‍वरनारायण मानन्धर बताउँछन्।

उनका अनुसार भवन निर्माण सम्पन्‍न भइसकेर करिब एक वर्ष भाडा नलाग्दा नगरपालिकालाई लाखौं घाटा भयो। अब भने ११ वर्षको सम्झौतामा भाडा लागेको छ। आगामी दिन सुखद रहेको नगरप्रमुख मानन्धर बताउँछन्। र, यो नगरको आम्दानीको स्रोत बन्‍नेमा उनी विश्‍वस्त छन्।

नगर विकास कोषको ऋण र अनुदानबाहेक १ करोड ९ लाख ७५ हजार ४५८ रुपैयाँ उक्त भवनमा लगानी भएको छ । निर्माणका लागि नगरले साढे ५ प्रतिशत व्याजमा ऋण लिएको छ। गत असोजदेखि साँवा-व्याज बुझाउनुपर्ने शर्त छ। तर, असोजबाटै भवन भाडामा लागेकाले समस्या नआउने नगरप्रमुख मानन्धर बताउँछन्।

भीमेश्‍वर-३ का वडाध्यक्ष हरिशरण शिवाकोटीका अनुसार नगरको थोरै लगानी मात्र यस भवनमा छ। उनी भन्छन्, ‘बढी राशिको अनुदानमा निर्माण भएकाले तत्काल आम्दानी नदेखिए पनि भविष्‍यमा आम्दानी दिने थलो बन्‍नेछ, यो भवन। तत्काल अनुत्पादक देखिनु स्वाभाविकै हो ।’

यो व्यावसायिक भवनको लगानी ११ करोड ५४ लाख १६ हजार ७२८ मध्ये नगर विकास कोषको ऋण १ करोड २८ लाख २४ हजार रुपैयाँ मात्र छ भने अनुदान १० करोड २५ लाख ९२ हजार रुपैयाँ छ। ७५० वर्गमिटरमा बनेको पाँचतले भवनमा बाहिर-भित्र गरी ५६ वटा सटर छन्। भवनको निर्माणसँग सम्बन्धित आन्तरिक सजावट, गृट र कम्पाउन्ड, दोस्रो र तेस्रो तलामा कोरामसिनो, छत सुधार, रेलिङ राख्‍ने र मर्मत कार्य भाडामा लिनेले नै गर्नुपर्ने सम्झौताअनुसार भवन भाडामा लागेको छ।

अदिती एन्ड अदिस स्टोर एन्ड सप्लायर्सले प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने गरी यो भवन लिएको छ। यस वर्षको असोजदेखि असारसम्मको मासिक चार लाख ३१ हजार ६०५ र प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि हुने पनि सम्झौतामा उल्लेख छ। भाडामा लिने सप्लायर्सका सञ्‍चालक दिनेश बस्‍नेतका अनुसार अझै दुई तला भाडामा जान बाँकी रहेकाले घाटा बेहोर्नुपर्ने देखिएको छ। सम्झौताअनुसार आन्तरिक सजावटसमेतमा ५० लाख रुपैयाँ खर्च भइसकेको छ। अझै धेरै बनाउन बाँकी छ। ‘सबै भाडा लागे एक तलाको नाफा आउने थियो कि भन्‍ने आशामा छु,’ बस्‍नेत भन्छन्।

भीमेश्‍वर नगरको गौरवको आयोजनाकै रूपमा अगाडि बढाइएको यो भवन भाडामा लगाउन चार पटकसम्म प्रकाशित सूचनाबाट बल्ल भाडा लागेको हो। यो भवन नजिकै करिब १३ करोड रुपैयाँमा अर्को भवन पनि निर्माणाधीन छ। त्यो ऋणमै निर्माण भइरहेको छ। यस आयोजनाको कूल ठेक्का रकम १२ करोड १० लाखमा कोषको रकम ९ करोड ८ लाख रुपैयाँ छ।

निर्माण कम्पनी श्यामसुन्दर निर्माण सेवा प्रालिका प्रतिनिधि ध्रुव रिमाल भन्छन्, ‘भवन निर्माणको काम भूतले खाजा खाने बेलामा परेछ। निर्माणको काम अघि बढिरेको मध्य भागमै कोरोना महामारीले काम रोक्नुपर्‍यो। समयमा काम नसक्दा मूल्यवृद्धिले पनि समस्या बनायो। काम सम्पन्‍न भएको एक वर्ष अर्थात् दशैंअघि भने भुक्तानी पाइसक्यौं।’

सम्बन्धित निकायले भवन निर्माणमा सन्तुष्‍टि देखाए पनि नगरवासी भने नगरले अनुत्पादक क्षेत्रमा खर्च गरेको आरोप लगाउँछन्। ‘नगरवासीलाई यसले के फाइदा दिन्छ,’ स्थानीय रामप्रसाद सापकोटा भन्छन्, ‘नगरले यत्रो लगानी गरी भवन बनाउनुपर्ने आवश्यकता थिएन। यत्रो ठूलो लगानी नगरवासीलाई लाभ हुने कार्यमा लगाउनुपर्थ्यो। करोडौंको लगानी नगरवासीको पहुँचको पाटो हुनु पर्थ्यो।’

स्थानीय शिव केसीको दाबीअनुसार नगरले अरूलाई भवन निर्माण गर्न दिनुपर्थ्यो। ३० वर्षको सम्झौता गरी अरूलाई नै दिएको भए नगरको लगानी नपर्ने उनको बुझाइ देखिन्छ। त्यसबाट विनालगानी आम्दानी पनि आउने उनको दाबी छ। नगरको राम्रो सुझबुझ नहुँदा ऋणमा डुब्नु परेको उनको भनाइ छ।

जसले जे भने पनि नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवन भाडामा बस्‍नेहरू भने बन्दव्यापार राम्रै चलिरहेकाले सन्तुष्‍ट देखिन्छन्। यही भवनमा औषधि पसल गरिहेका ऋषि शिवाकोटीले एक महिनायता राम्रै आम्दानी गरिरहेका छन्। यस्तै बिक्री भइरहे भाडा तिर्न समस्या नपर्ने देखेका छन् उनले। र, भाडा तिरेर आम्दानी पनि राम्रै भइरहेकामा उनी सन्तुष्‍ट छन्।

अर्का व्यापारी दीपशिखा इलेक्ट्रिक सपका सञ्‍चालक दिनेश पाठक पनि सातदोबाटो चोकमा भएकाले राम्रै व्यापार भएको बताउँछन्। ‘आर्थिक मन्दीले बजार खासै चहलपहल छैन तापनि यहाँ राम्रै व्यापार भइरहेको छ,’ उनी भन्छन्।

सोमबार, माघ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.