हेटौंडा– बागमती प्रदेश सभा बैठकमा ट्विस्ट आएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सत्तापक्षकै एकजना सांसद नआइपुगेपछि बैठक सारिएको हो।
Advertisement
मुख्यमन्त्रीलाई मत दिने निर्णय गरेको नेकपा एसका सांसद नै नआइपुगेपछि बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठकमा एसकी सांसद रमा आलेमगर नआइपुगेपछि प्रदेशसभा सचिवालयले बैठक सारेको छ। तर प्रदेश सभा सचिव कृष्णहरि खड्काले भने विशेष कारणवश बैठक सारिएको बताएका छन्।
अनेक जोडबल गरेर एसलाई सरकारमा सहभागी गराउने निर्णय गरेका जम्कट्टेलले सत्ता पक्षका एकजना सांसदको मात्र मत पाएनन भने सरकार ढल्ने निश्चित छ।