• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न मित्रराष्ट्रको सहयोग आवश्यक छ : मन्त्री शर्मा


    Avatar photo
शनिबार, चैत १७, २०८० मा प्रकाशित

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताउनुभएको छ ।

Advertisement

जापानिज युनिभर्सिटिज एलुम्नाई एशोसियसन (जुआन) नेपालको वार्षिक कार्यक्रम तथा ५०औँ स्वर्णजयन्ती समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जतिसक्दो चाँडो विकासशील हुँदै नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न जापानसहित सबै विकसित मित्रराष्ट्रबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

“हामी अब देशभित्रको स्रोतसाधन तथा विज्ञान र प्रविधिले सिर्जना गरेका सबै नवीनतम आविष्कारको उच्चतम उपयोग गर्दै समृद्धिको यात्रामा अघि बढ्नुछ”, मन्त्री शर्माले भन्नुभयो, “हाम्रा मित्रराष्ट्र विकसित मुलुकका रुपमा स्थापित भइरहँदा हामी अझै विकासोन्मुख देशको सूचीमा रहन बाध्य छौँ, यो अवस्था अब धेरै समय रहनुहुँदैन ।” उहाँले जापानी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्केका जुआनका सदस्यले नेपालको स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ, नीति निर्माणलगायत विभिन्न क्षेत्रका उच्च तहमा योगदान गरिरहनुभएको उल्लेख गर्नुभयो ।

“जापानबाट नेपालले सिक्नुपर्ने कुराका बारेमा जुआनले अझै सक्रियरुपमा बहस चलाओस् भन्ने आग्रह पनि गर्न चाहन्छु, साथै जुआनजस्ता संस्थामा आबद्ध साथीहरुले विकसित देशमा गरेका अध्ययन र अनुभवको अधिकतम परिचालन गरेर मुलुकको समृद्धिका लागि थप योगदान गर्ने सरकारको अपेक्षा छ”, मन्त्री शर्माले भन्नुभयो । पछिल्लो समयमा अध्ययनका लागि विदेश जाने नेपालीमध्ये धेरैले अध्ययनभन्दा बढी श्रममा ध्यान दिने गरेको उल्लेख गर्दै उहाँले श्रमसँगै अध्ययनलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“श्रमलाई मात्रै महत्वप दिने प्रवृत्ति बढ्न थालेको गुनासा सुनिन थालेका छन् । यसलाई निरुत्साहित गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानेको उच्च शिक्षाको सुनिश्चिचता गरी पठनपाठन पूरा गरेपछि देशका लागि योगदान गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक छ । यसका लागि जुआनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्तु छु”, मन्त्री शर्माले भन्नुभयो । जुआनले विगत ५० वर्षदेखि सक्रियरुपमा आफ्नो क्रियाकलाप गर्दै आइरहेकामा उहाँले खुशी व्यक्त गर्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । मन्त्री शर्माले नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि जापान जान थालेको झण्डै एक सय २२ वर्ष भइसकेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “एक सय २२ वर्षअघि तत्कालीन सरकारले आठ विद्यार्थी पढ्न पठाएकामा अहिले बर्सेनि हजारौँ विद्यार्थी जापान अध्ययन गर्न जाने गरेका छन् । गत वर्ष मात्रै १६ हजारभन्दा बढीले जापान अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ ।” उहाँले जापानले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत, भूकम्पपछिको पुनःनिर्माणलगायत चौतर्फी विकासमा सहयोग गर्दै आइरहेको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । मन्त्री शर्माले जुआनमा आबद्ध व्यक्तिहरुले जापानबाट आर्जन गरेको शिक्षा र सीप परिचालन गर्दै नेपालका विभिन्न क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाको उच्च सम्मान गर्र्नुभयो ।

शनिबार, चैत १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.