• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला


    Avatar photo
शनिबार, चैत १७, २०८० मा प्रकाशित

बाँके- बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

Advertisement

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताउँदै निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको जानकारी दिनुभयो ।

“निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ पुगेको छ । आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ”, उहाँले भन्नुभयो, “गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन चालु आर्थिक वर्षमा थप दुईवटा पोखरी निर्माण गर्न लागेका छौँ ।”

निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेल्न सक्ने योजनामा निकुञ्ज रहेको संरक्षण अधिकृत शाहको भनाइ छ । “हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसअघि कुनै पनि आर्थिक वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको तथ्याङ्कमा उल्लेख छैन । चालु आवमा कम्तीमा पनि दुई हजारभन्दा बढी पर्यटकको सङ्ख्या पु¥याउने प्रयासमा छौँ ।”

प्रमुख संरक्षण अधिकृत शाहले पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसेमैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनको कामलाई केन्द्रमा राखिएको उहाँको भनाइ छ ।

दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

पर्यटन प्रवर्द्धनका लागि समन्वयमा जोड 

बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । शुक्रबार निकुञ्ज परिसरमा गरिएको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायतले एकापसमा समन्वय गर्न जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एयरपोर्ट र होटेल बसाइका लागि बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्ज नै सबैभन्दा नजिक र पायक पर्ने स्थानमा भएको हुँदा बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताउनुभएको थियो । पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि केन्द्रीय सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताउनुभयो । प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उहाँको भनाइ थियो । “निकुञ्जले ठोस पहल कदमी लिन सक्यो भने हामीले आंशिक रुपले सफलता प्राप्त गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “हामीसँग धेरै नै महत्वकाङ्क्षी योजना छन् ।”

कार्यक्रममा फ्रेन्ड फर वाइल्डलाइफ कन्जरभेसनका राष्ट्रिय अध्यक्ष आशीष चौधरीले घरबासमा अग्र्यानिक कुरा प्रत्युत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । “निकुञ्ज भ्रमण गर्न आउने पर्यटक घरबासमा बस्न रुचाउँछन् । उनीहरुका लागि रैथाने र अग्र्यानिक परिकारले आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पर्यटनहरु भित्रने नेपालगञ्जको सीमानाका र एयरपोर्टलगायत ठाउँमा निकुञ्जको प्रचारप्रसारमा कमी भएको हुनाले यसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।”

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताउनुभएको थियो । “निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसेमैदान, पोखरी छैनन्”, उहाँले भन्नुभयो, “चुरेको फेदीमा प्रशस्त पानी छ । त्यो पानीलाई व्यवस्थित गरेर त्यहाँसम्म बाटो पु¥याउन सकियो भने पर्यटकका लागि त्यो अत्ति नै आकर्षक र मनमोहक बन्न सक्छ ।”

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताउनुभएको थियो । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्नेमा उहाँले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा बाँकेका घरबास व्यवसायी, होटल व्यवसायी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्ज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मीलगायतको सहभागिता थियो ।

शनिबार, चैत १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.