संवेदनशीलता गुमाएका राजनीतिज्ञ
संवेदनहीन सरकार
चटके विपक्षीहरू
यिनीहरूको चटक देखेर
दिक्क भएको नेपाली समाज
Advertisement
बेथिति भ्रष्टाचारलाई
आफ्नो हक ठान्ने
राजनीतिज्ञका परिवार
आफ्नो स्वार्थका लागि
यिनको प्रशस्तीगान गाउने झोले
काम गर्ने इच्छा नभएको कर्मचारीतन्त्र
गफाडीको थलो संसद
आफू को हुँ थाहा नभएका सांसद
मालिकको सेवा गर्न आएका मन्त्री
विरोधका लागि विरोध गर्ने
नागरिक समाज
प्रशस्ती गाउने कार्यकर्ता
अर्थ नबुझेका अर्थशास्त्री
सुरक्षा नबुझेका सुरक्षा विज्ञ
प्रशासन नबुझेका प्रशासन विज्ञ
पढाउन नजान्ने शिक्षक
सबै थाहा हुँदाहुँदै
यिनलाई भोट दिएर
सत्तामा पुर्याउने भेडा
अरू भोट गर
जिताऊ यिनलाई
काम खोज्न विदेश गएर
पाऊ दुःख
गर रुवाबासी